१९५० को सन्धि, सीमा सुरक्षा विषयमा छलफल हुने गरि नेपाल–भारत इपिजीको अन्तिम बैठक आज बस्दै

समाचार
शेयर गर्नु होला

 

काठमाडौं । नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी)को नवौँ बैठक आज (शुक्रबार) बस्दै छ ।

यो बैठक दुई देशबीचको सन्धी तथा सम्झौता पुनरावलोकनका लागि महत्वपूर्ण हुनेछ । दुई वर्षको समय पाएको इपीजीको यो बैठक अन्तिम हो । यो बैठकमा सन् १९५० को नेपाल–भारत मैत्री सन्धिमा पुनरावलोकन, सीमा सुरक्षालगायतका विषयहरुको निक्र्योल निकालिनेछ । तर, इपिजीमा नेपाल–भारत सीमा नियमनसहित १९५० को सन्धिका दुई विषयमा सहमति हुन बाँकी छ ।

भारतको राजधानी नयाँ दिल्लीमा भएको आठौं बैठक अन्तिम भनिए पनि समय रहेकाले प्रतिवेदनलाई अन्तिम रुप दीएको थिएन । अझै समय बाँकी रहेका कारण काठमाडौंमा अन्तिम बैठक गर्न लागिएको हो । यस बैठकमा दुवै पक्षले तयार पारेका प्रतिवेदनलाई अन्तिम रुप दीने जनाइेको छ । ईपीजीको दुईवर्षे समयसीमा असार २० मा सकिँदै छ ।

भारतले उठाउँदै आएको आप्रवासनसम्बन्धी विषयमा नेपालले जनसंख्या र क्षेत्रफलका आधारमा मात्र समानताको विषय उठाउनुपर्ने सुझाव दिनेछ । समान हैसियत दिन भूगोल र जनसंख्याको पक्ष ख्याल गर्नुपर्ने धारणा नेपाल पक्षले राखिसकेको छ ।

सन् १९५० को शान्ति तथा मैत्रीसन्धि पुरानो अवस्थामा नराख्ने नेपालको प्रस्तावमा भारतीय पक्ष सहमत देखिन्छ । भारतले सन्धि परिमार्जनसहित सीमा नियमन व्यवस्थित गर्न चेकप्वाइन्टहरूमा अभिलेख प्रणालीलगायत विषयमा नयाँपन खोजेको छ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *