काठमाडौं । काठमाडौंको धर्मस्थलीबाट रत्नपार्कतर्फ अौँदै गरेको बस दुर्घटना भएकाे छ ।
अाज (शुक्रबार) बिहान बालाजु रूटमा चल्ने उक्त बस नजिकै खोलामा खस्दा १५ यात्रु घाइते भएका छन् । घाइतेमध्ये एककाे अवस्था गम्भीर रहेकाे जनाइेकाे छ ।
धर्मस्थलीबाट रत्नपार्कतर्फ अौँदै गरेको बा ३ क ३७४९ नम्बरको बस बिहान करिब ७ः४५ बजे दुर्घटना भएकाे हाे ।बा ३ क ३७४९ नम्बरको बस बिहान पौने ८ बजेतिर काठमाडौंको लामबगरमा दुर्घटना भएको हो ।
घाइते १५ मध्ये १२ जनाको ग्राण्डी अस्पतालमा र तीन जनाको त्रिवि शिक्षण अस्पताल महाराजगंजमा उपचार भैरहेको र तीमध्ये एकजनाकाे अवस्था चिन्ताजनक रहेकाे प्रहरीले जनाएको छ।
दुर्घटनाको कारण खुल्न सकेकाे छैन, साे बारे अनुसन्धान भैरहेकाे प्रहरीकाे भनाइ छ ।
Accident of madhv kolla ktm payatar
Gepostet von Rimal Navaraj am Donnerstag, 28. Juni 2018