लोकतन्त्र जान्छ भन्नु केटाकेटीलाई हाउगुजी देखाए जस्तै हो :प्रधानमन्त्री ओली

समाचार
शेयर गर्नु होला

 

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय अनुसन्धान विभागलाई थप प्रभावकारी बनाउन प्रधानमन्त्री कार्यालय मातहत ल्याइेको बताएका छन्।

प्रतिनिधि सभामा बजेट माथि भैरहेको छलफलमा उठाइेका प्रश्नको जवाफ दिंदै प्रधानमन्त्री ओलीले विभागलाई प्रभावकारी बनाएर देशको हितमा काम गराउन अनुसन्धान विभागलाई प्रधानमन्त्रीको मातहत ल्याइेको बताए ।

अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत ल्याइेपछि, प्रधानमन्त्री अधिनायकवाद उन्मुख भएको भन्दै सांसदहरुले विरोध गरेका थिए।

ठट्यौली शैलीमा प्रस्तुत भएका प्रधानमन्त्री ओलीले भने, ‘‘प्रधानमन्त्री गाडिमा चडेर हिड्छ, यो अधिनायकवादको खतराको संकेत हो भनेको पनि सुनिन्छ। अनी केमा जाने त? काँस्किकोटका राजा गाडि चढ्दैनथे। गोरखाका राजा पनि गाडि चड्दैनथे। गाडि कहाँबाट चढ्नु त्यहाँ घोडा जान्थ्यो। के हामी त्यतै जान खोजेका त होइनौं।’

अधिनायकवाद लाद्न खोजेको भन्ने प्रसंगमा प्रधानमन्त्री ओलीले लोकतन्त्र ल्याउन निकै संघर्ष र बलिदानी गरेको स्मरण गर्दै भने, ‘अहिले लोकतन्त्र जान्छ भन्ने शंका छ। लोकतन्त्र कहाँ जान्छ? अनी के अौँछ? लोकतन्त्र जान्छ भन्नु केटाकेटीलाई हाउगुजी देखाए जस्तै हो।’

प्रधानमन्त्री ओलीले प्रतिनिधि सभामा प्रधानमन्त्री एवं मन्त्रीपरिषद कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालयसँग सम्बन्धित प्रश्नहरुको जवाफ दिएका थिए ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *