कपिलवस्तु — बुद्धस्थल प्राचीन कपिलवस्तु (तिलौराकोट)मा भव्य रुपमा धान रोपाइँ उत्सव मनाइेको छ ।
लुम्बिनी विकास कोषद्वारा आयोजित कार्यक्रमको कृषि मन्त्री चक्रपाणी खनालले शुभारम्भ गरे । उनले हलो जोतेर रोपाइँ गरेका थिए । आधा घण्टामा खेतमा रोपाइँ गरेका उनी असारे गीतको भाकामा नाचेका थिए ।
प्राचीन कपिलवस्तुको राजधानी तिलौराकोट दरवारको पूर्वी गेटतर्फ रोपाइँ महोत्सव आयोजना गरिएको थियो । मन्त्री खनालले त्यहाँ आफ्ना सहयोगीहरुसहित हातमा धानका बेर्ना लिएर पुगेका थिए । अनि स्थानीयबासीसँग नाच्दै गाउँदै धान रोप्न थाले ।
उनले रोपनन् मात्रै हिलाम्मे खेत केहीबेर जोते पनि । जोत्ने बेलामा भने एक जनाले उनलाई सघाएका थिए ।