ललितपुर — चापागाउँबाट चौघरे जाँदै गरेको बा ४ ख ५३६४ नम्बरको यात्रु बस दुर्घटना हुँदा १ को मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् ।
कोन्ज्योसोम गाउँपालिका–५ भारदेउस्थित सडकबाट बस पल्टिएर एक महिलाको मृत्यु भएको महानगरीय प्रहरी वृत्त चापागाउँ प्रमुख डीएसपी राजकुमार खिउँजुले बताए । उनका अनुसार सख्त घाइते महिलाको पाटन अस्पतालमा मृत्यु भएको हो ।
मृतकको सनाखत हुन सकेको छैन । दुर्घटनामा घाइते २२ जनाको आनन्द वन अस्पताल लेलेमा उपचार भैरहेको डीएसपी खिउँजुले बताए ।