इपिजीको नवौँ बैठक को निष्कर्ष असारभित्रै साझा प्रतिवेदन तयार गर्ने

समाचार
शेयर गर्नु होला

 

नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी)ले १९ असारभित्र साझा प्रतिवेदन तयार गर्ने निष्कर्ष निकालेको छ ।

शुक्रबारदेखि सुरु इपिजीको नवौँ बैठकले यससम्बन्धी थप निर्णय गर्ने भएको हो । नेपाल भारत १९५० को शान्ति तथा मैत्री सन्धिका दुई धारा र खुला सिमाना व्यवस्थापनका विषयमा साझा धारणा बनेको छ ।

इपिजी नेपालतर्फका संयोजक डा। भेषबहादुर थापाले छलफल जारी रहेको, इपिजीको म्याद नथपिने र समयसीमाभित्रै साझा मतसहितको प्रतिवेदन सरकारलाई बुझाइने बताए । ‘शनिबारको बैठकबाट हामी ठोस निष्कर्ष निकाल्छौँ । इपिजीको म्याद थपिँदैन,’ उनले भने । दुई वर्षाघि गठित इपिजीको म्याद २० असारमा सकिँदै छ ।

नेपाली पक्षका अनुसार भारतीय सदस्यहरूले सकारात्मक जवाफ दिएपछि अब प्रतिवेदनमा सहमति जुट्ने निश्चित भएको हो । एुटै पक्ष भएर छलफल गर्ने भनिए पनि इपिजीमा नेपाल र भारत पक्षबीच १९५० को सन्धि प्रतिस्थापन र नेपाल–भारत खुला सीमा नियमनबारे साझा धारणा बन्न सकेको थिएन ।

भारतीय पक्षले जवाफसहित प्रस्तुत हुने जानकारी दिएपछि नेपाली पक्ष आशावादी छ । २९ र ३० चैतमा दिल्लीमा बसेको इपिजीको आठौँ बैठकमा १९५० को सन्धि र नेपाल–भारत सीमा नियमनका विषयमा आठ घन्टाभन्दा लामो छलफल भएको थियो । तर, नवौँ बैठकबाट साझा प्रतिवेदन बन्ने सुनिश्चित भएको एक नेपाली सदस्यले जानकारी दिए ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *