आजबाट डा. केसीको अनशन

समाचार
शेयर गर्नु होला

 

काठमाडौं
डा. केसी  आज (शनिबार)बाट अनशन बस्ने भएका छन् । चिकित्सा शिक्षा अध्यादेश पुरानै स्वरूपमा तत्काल जारी गर्न माग गर्दै डा. केसी अनशन बस्न लागेका हुन् । उनको यो १५ौँ अनशन हो ।
यसपटक डा. केसी जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशन बस्ने भएका छन् । जिल्ला प्रशासन कार्यालय जुम्लाले भने डा। केसीलाई अनशन बस्न रोक लगाएको छ ।
शुक्रबारबाट नै अनशन थाल्ने पूर्वयोजना भए पनि बाटोमा समस्या भएका कारण शनिबारका लागि मिति सरेको हो । चिकित्सा शिक्षा अध्यादेशको प्रतिस्थापन विधेयक ल्याउने क्रममा सुधार अभियानको मर्म नै मर्ने गरी तोडमोड गर्न लागिएको भन्दै त्यसो नगर्न चेतावनीस्वरूप उनी अनशन बस्न लागेका हुन् ।
डा. केसीले सरकारी छात्रवृत्तिमा स्नातकोत्तर गरेका चिकित्सकको सेवाअवधि २ वर्ष हुनुपर्ने माग पनि गरेका छन् । विज्ञप्ति जारी गर्दै उनले भनेका छन्, ‘निःशुल्क छात्रवृत्तिमा अध्ययन गरेका डाक्टरलाई दुर्गममा सरकारले ३ वर्ष सेवाअवधि तोकेको छ । यो कुनै हालतमा मान्य हुनेछैन । यसलाई तत्काल २ वर्षमा नझारे परिणाम नराम्रो हुनेछ ।’

शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *