काठमाडौँ— जल तथा मौसम पूर्वानुमान महाशाखाले शनिबारदेखि सोमबारसम्म देशका केही भागमा भारी वर्षा हुने भएकाले सचेत रहन आग्रह गरेको छ ।
काठमाडौंसहित मध्यभागमा भने हल्कादेखि मध्यम खालको मात्र वर्षा हुने महाशाखाको अनुमान छ। अाईतबार बागमती र रिउखोला, पश्चिमतर्फका सबै नदीहरु राप्ती, बबैइ, मोहना, मछेलीलगायतका नदीमा पानीको बहाब सतर्कता तह आसपास पुग्ने भएकाले सचेत हुनसमेत आग्रह गरेको छ।
यस्तै, शनिबारबाट पहाडी र चुरेबाट बहने स–साना नदीमा पानी परेको बखत सचेतना अपनाउनसमेत महाशाखाले ध्यानाकर्षण गराएको छ।
स–साना नदीहरुमा एकाएक पानी बढ्न सक्ने भएकाले शनिवार नदी तटीय क्षेत्रमा गर्नुपर्ने काम जस्तै: बालुवा निकाल्ने, गिट्टी कुट्नेलगायतमा सतर्कता अपनाउन अनुरोध गरेको छ।
महाशाखाले मनसुन सुरु भएदेखि नै २४ सै घण्टा देशभरका नदीमा बहने पानीको बहावबारे सर्वसाधारणलाई जानकारी गराएको छ।