कांग्रेसले भाग मागेर सरकारसँग अंश खोज्यो : कानूनमन्त्री तामाङ

राजनीति समाचार
शेयर गर्नु होला

 

काठमाडौं– कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले प्रमुख प्रतिपक्षी दल कांग्रेसले सरकारसँग अंश खोजेको आरोप लगाएका छन्।

‘कांग्रेसका केही साथीहरु अहिले सरकारसँग अंश खोज्दैछन्, संवैधानिक नियुक्ती गर्नको लागि संसदीय समिति किन बन्न सकेन? यसको कारण हो कांग्रेसले भाग खोज्नु। उसलाई विभिन्न समितिका सभापति चाहिएको छ, कहाँसम्म भने उसले कांग्रेसका जति सांसदहरुलाई एुटै समितिमा राख्नुपर्ने माग गरेको छ, यो कहाँको लोकतान्त्रिक कुरा हो?’ शनिबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री तामाङले कांग्रेसी नेताहरुलाई अहिले भाग पाइेन भनेर छट्पटी भैरहेको टिप्पणी गरे।

कांग्रेसले यसैगरी अंश खोज्ने हो भने सरकारमा सहभागी हुनु्पर्ने उनको भनाई छ। ‘प्रतिपक्षमा बसेर किन अंश खोज्नुहुन्छ, बरु आजदेखि हामी प्रतिपक्षमा बस्दैनौं भनेर हामीसँग हात जोड्न अौनुभयो भने सरकारमा स्वागत गर्न तयार छौं।’ कांग्रेसले भाग खोजेकै कारण संसदीय सुनुवाई समिति बन्न नसकेको उल्लेख गर्दै मन्त्री तामाङले भने, ‘सुुनुवाई बन्न नदिएर आँफै अड्काउने काम कांग्रेसले गरिरहेको छ, उल्टै प्रधानन्यायाधीश, संवैधानिक निकायका प्रमुख र राजदूतलगायतको नियुक्ती किन ढिला गरेको भन्दै प्रश्न गर्छ, यो कांग्रेसको द्धेद्ध चरित्र हो।’

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले मुलुक समृद्धिको दिशामा अघि बढेकोले कांग्रेसलाई बाहिर राख्ने आफूहरुको विल्कुल कुनै चाहना नरहेको उनले सुनाए।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *