अर्जेन्टिनाविरुद्ध फ्रान्सको १ गोल

खेलकुद
शेयर गर्नु होला

काठमाडौं । रुसमा जारी विश्वकप आजबाट प्रिक्वाटरफाइनलका खेल सुरु भएको छ  । सुरु भएको खेलमा अर्जेन्टिना विरुद्ध  फ्रान्सको ० – १ गोलको अग्रता लिएको छ। पेनाल्टि मारफत फ्रान्स ले गोल गरेको हो।

नकआउट चरण समेत भनिने अन्तिम १६ का खेलहरु रोचक मात्र छैनन्, महारथीहरुबीचको भिडन्तले उनीहरुको भविष्य निर्धारण समेत गर्ने छ ।

विश्व चर्चित खेलाडी लियोनल मेस्सीलाई रोक्ने तयारीमा फ्रान्स रहेको छ । सुरुवाती दुई खेलमा प्रभाव जमाउन नसकेका सुपर स्टार मेस्सीको समूह चरणको अन्तिम खेलमा केही सकारात्मक प्रर्दशन कायमै रहने अर्जेन्टिनाको विश्वास देखिन्छ ।

समूह चरणको अन्तिम खेलमा नाइजेरियाविरुद्ध २–१ को संघर्षपूर्ण जित हासिल गर्दै नकाऔट चरणको यात्रा तय गर्न सफल अर्जेन्टिनाका लागि फ्रान्ससँगको भिडन्त निकै महत्वपूर्ण हुनेछ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *