रुस : विश्वकप प्रिक्वाटरफाइनलमा भैरहेको खेल को पहेको हाफमा मा फ्रान्स र अर्जेन्टिना ले १- १ को बराबरि खेलेका छ। पेनाल्टि मारफत फ्रान्स ले पहेलो गोल गरेको हो भने डि मारिया ले अर्जनटिना का लागि गोल गरेका हुन्।
नकआउट चरण समेत भनिने अन्तिम १६ का खेलहरु रोचक मात्र छैनन्, महारथीहरुबीचको भिडन्तले उनीहरुको भविष्य निर्धारण समेत गर्ने छ ।
विश्व चर्चित खेलाडी लियोनल मेस्सीलाई रोक्ने तयारीमा फ्रान्स रहेको छ । सुरुवाती दुई खेलमा प्रभाव जमाउन नसकेका सुपर स्टार मेस्सीको समूह चरणको अन्तिम खेलमा केही सकारात्मक प्रर्दशन कायमै रहने अर्जेन्टिनाको विश्वास देखिन्छ ।
समूह चरणको अन्तिम खेलमा नाइजेरियाविरुद्ध २–१ को संघर्षपूर्ण जित हासिल गर्दै नकाऔट चरणको यात्रा तय गर्न सफल अर्जेन्टिनाका लागि फ्रान्ससँगको भिडन्त निकै महत्वपूर्ण हुनेछ ।