काठमाडौं ।रुसमा जारी विश्वकपमा फुटबलका दुई महारथी लियोनेल मेस्सी र क्रिष्टियानो रोनाल्डोको टिम विश्वकपबाट एकैदिन बाहिरिएको छ ।
मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिना फ्रान्ससँग पराजित भयो भने रोनाल्डोको कप्तानीमा पोर्चुगल उरुग्वेसँग पराजित भयो।
शनिबार राति भएको खेलमा उरुग्वेले पोर्चुगललाई २–१ गोल अन्तरले हराएको हो । यससँगै लिओनल मेस्सीले विश्वकप गुमाएको केही घन्टापछि अर्का स्टार क्रिष्टियानो रोनाल्डो पनि बाहिरिएका छन् । नकाऔट चरणको पहिलो खेलमा अर्जेन्टिना फ्रान्ससँग ४–३ गोल अन्तरले पराजित भएको थियो ।
यस जीतका साथ उरुग्वेले र फ्रन्सले क्वार्टर फाइनलमा स्थान पक्का गरेको छ । इतिहासमै पहिलोपटक नकाऔट चरणबाट बाहिरिएको अर्जेन्टिना यसाघि १९६२ र २००२ मा समूह चरणबाटै बाहिरिएको थियो ।
संयोग नै मान्नुपर्छ, एक दशकदेखि विश्वको उत्कृष्ट फुटबलरको होडमा प्रतिस्पर्धी रहेका मेस्सी र रोनाल्डो दुबै एकैदिन विश्वकपबाट बाहिरिए । सुरुमा मेस्सीको टिम बाहिरियो ।
त्यसको केही घन्टा नवित्दै रोनाल्डो पनि विश्वकपबाट बाहिरिएका छन् । चार वर्षपछि सन् २०२२ मा विश्वकप हुँदै गर्दा मेस्स ३५ वर्षको हुनेछन् भने रोनाल्डो ३७ वर्षका भैसक्नेछन् ।
सायद अबको विश्वकपमा उनीहरूले खेल्ने छैनन्। यससँगै विश्व फुटबलमा एक युगको समाप्त भएको छ र अब नयाँ पुस्तामा विश्व फुटबल हस्तान्तरण भएको छ। अब ठूला नामका रूपमा नयाँ पुस्ताका खेलाडी अगाडि आउने छन्।