यो साता पनि सेयर बजारमा गिरावट,बजार २१ अंकले घट्यो

अर्थ
शेयर गर्नु होला

 

काठमाडाैँ।  यो साता पनि सेयर बजारमा गिरावट आएको छ । विगतका साताहरुमा जस्तै यो साता सूचकका साथै कारोबार रकममा पनि गिरावट आएको हो ।

धेरै जसो लगानीकर्ता बजारमा सक्रिय हुन नसकिरहेका बेला सक्रियता देखाउनेहरु पनि पर्ख र हेरको अवस्थाले बजारमा गिरावट आएको हो । यस साता नेपाल स्टक एक्सचेन्जमा १८६ कम्पनीहरुको कारोबार भएको छ ।

जस अनुसार १५ हजार ८४८ कारोबारबाट एक अर्ब चार करोड १६ लाख २३ हजार रुपैयाँ बराबरका ३६ लाख ७९ हजार छ सय कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा ७।२५ प्रतिशत कम हो । गत साता १९० कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार १७ हजार २२८ कारोबारबाट एक अर्ब १२ करोड ३१ लाख एक हजार रुपैयाँ बराबरका ४९ लाख ६१ हजार एक सय १० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा २१।२७ अंकले घटेर अन्तिम दिन ११९८।५४ अंकमा ओर्लिएको छ ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ३।९५ अंकले घटेर २५२।०९ अंकमा अाईपुगेको छ । यस साता कारोबार रकमका आधारमा चार करोड १५ लाख ४० हजार रुपैयाँको कारोबार सहित मेगा बैंक अग्रस्थानमा रहेको छ ।

त्यसैगरी कारोबार भएको सेयर संख्याका आधारमा पनि २ लाख ३६ हजार कित्ता सेयर ९६६ पटक कारोबार हुँदा मेगा बैंक अग्रस्थानमा रहेको छ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *