बिना बत्ति अध्यारोमा जाडोले काप्दै वित्यो डा. केसीकाे पहिलो रात

समाचार
शेयर गर्नु होला

 

जुम्ला। चिकित्सा शिक्षा सुधारका लागि संघर्षरत सामाजिक अभियन्ता डा. गोविन्द केसीको अनशनको पहिलो रात अन्धकारमै वितेको छ।

डा. केसीका आफन्त किशोर केसीले अनशन रत स्थान कवर्डहलमा वत्तिको व्यवस्था नभएकाले अध्यारोमा नै अनशन थाल्नु परेको बताए। उनले भने, ‘बत्ति छैन, अध्यारोमा बस्न निकै कठिन छ।’ अनशन स्थलमा विजुली बत्तिको व्यवस्था गरिदिन उनले माग गरे।

ठुलो कवर्डहलमा पानी चुहिन्छ, चिसो एकदम बढी छ, लुगा कपडाको व्यवस्था पनि छनै, डा. केसी जाडोले कापी रहनुभएको छ उनले भने, ‘यस्तै अवस्था रहे उहाँको स्वास्थ्यमा छिट्टै समस्या अाउने छ।’ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा अनशन थाल्ने योजना बनाएका डा केसीलाई जुम्ला प्रशासनले निषेध गरेपछि जिल्ला खेलकुद विकास समितीको कभर्ड हलमा सारिएको हो।

डा केसी अनशन बस्न लाग्दा शनिबार दिउँसो जिल्ला प्रशासन कार्यालय जुम्ला परिसरबाट प्रहरीले पक्राउ गरेकाे थियाे। उनले पक्राउ पछि प्रहरी हिरासतमै अनशन सुरु गर्दा प्रहरीले कवर्डहल लगेर छोडेको हाे।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *