कानूनमन्त्रीको अभिव्यक्ति संसदीय मर्यादा विपरीत : कांग्रेस

समाचार
शेयर गर्नु होला

 

 काठमाडौं । प्रमुख विपक्षी दल कांग्रेसले कानूनमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।
अाईतबार बैठकमा विशेष समय लिएर बोल्दै सचेतक पुष्पा भुसालले संसदीय मर्यादा विपरीत अभिव्यक्ति दिएको आरोप लगाइन् ।कांग्रेस सचेतक भुसालले भने कांग्रेस प्रमुख प्रतिपक्षको भूमिका निभाउन चाहेको बताइन् ।
संसदमा बसेर जनताको आवाज उठाउने भन्दै उनले भनिन्, ‘बाहिर सडकमा गएर रेलिङ भाँच्न चाहन्नौं किनकी हाम्रो लोकतन्त्रले त्यो सिकाएन ।’ संविधान कार्यान्वयन गर्न ३५ वटा कानून पास गर्नु पर्ने भन्दै उनले त्यसबेला त प्रमुख प्रतिपक्षको सहयोग चाहिँदैन भनेर कानुनमन्त्रीलाई प्रश्न गरेकी छन् ।
उनले भनिन्, ‘कानून पास गर्न संसदको आवश्यता पर्ला, प्रमुख प्रतिपक्षको सहयोग आवश्यक त पर्ला । कि संविधानको त्यो प्रावधान कार्यान्वयन नगर्ने नियत त होइन ?’

शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *