काठमाडौँ — भारतको राजधानी नयाँ दिल्लीस्थित एक घरमा ११ जनाको शव फेला परेको छ । ११ शव मध्ये १० जनाको आँखामा पट्टी बाँधेर झुण्डिएको र १ जनाको शव भने भुइँमा लडिरहेको अवस्थामा फेला परेको भारतीय सञ्चार माध्यमहरुले बताएका छन्
मृतकहरु एकै परिवारका सदस्य रहेको र जसमा ७ जना महिलासहित ४ जना पुरुषको शव रहेको बताइेको छ। ११ जना मृतक मध्ये ३ जना ‘टीनएजर्स’ र एक ७५ वर्षीया वृद्धा रहेका छन्।
प्रहरीले छिमेकीहरुसँग सोधपुछ गरेर अनुसन्धान गरिरहेको जनाएको छ। दिल्लीको सन्तनगरस्थित बुरारी क्षेत्रमा रहेको घरमा ११ जनाको शव भेटिएसँगै प्रहरीले उक्त क्षेत्रमा नाकाबन्दी गरेर अनुशन्धान सुरु गरेको छ।
उक्त परिवारले सोही क्षेत्रमा खुद्रा र प्लाइुडको पसल संचालन गर्दै आएका थिए। उनीहरुले सधैं बिहान ६ बजे पसल खोल्ने गरे पनि ७:३० बजेसम्म पसल नखोलेपछि एक छिमेकीले घर पुगेर हेर्दा शवहरु देखेसँगै प्रहरीलाई खबर गरेको बताइेको छ।