काठमाडौं- उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल र भारतीय जनता पार्टीका नेता भरतसिंह कोसियारीबीच भेट भएको छ।
नेपाल–भारतवीच १९५० को शान्तितथा मैत्री सन्धि सहितका द्धिपक्षीय सम्झौता पुनरावलोकनका लागि सुझाव दिन बनेको प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को भारतीय पक्षका संयोजक समेत हुन्।
ईपीजीको कार्यकाल सकिदैं लाग्दा उपप्रधानमन्त्रीको नीजि निवास धापासीमा भएको भेटमा पछिल्लो राजनीतिक अवस्था, सरकारका कार्ययोजना, दुई देशवीचको सम्वन्धको बढ्दो उचाई, भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण लगायतका विभिन्न पक्षकाबारेमा छलफल भएको सचिवालयले जनाएकोछ। प्रवुद्ध समूहले साझा प्रतिवेदन तयार पारेको जानकारी गराउँदै भारतीय पक्षका संयोजक कोसियारीले नेपालसँगको मित्रता अझ कसिलो र सुमधुर होस भन्ने भारतले चाहेको बताए।
कोसियारीले आगामी दिनमा दुई देशकावीचमा समस्या नाऔने गरी सुझाव तयार गरेर प्रतिवेदन निर्माण गरिएको जानकारी गराए। साझा प्रतिवेदन तयार पार्न महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै उपप्रधानमन्त्री पोखरेलले कोसियारीलाई विशेष धन्यवाद दिए।
उनले दुवै देशले प्रतिवेदनलाई इमान्दारीताका साथ कार्यन्वयन गर्ने तर्फ ध्यानदिने विश्वास व्यक्त गरे।