काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद गगन थापाले अाइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद थापाले मेडिकल कलेज खोल्ने नाममा दलाल पूँजीपतिलाई रक्षा गर्ने गरी चिकित्सा शिक्षा विधेयक ल्याउन लागिएको भन्दै आपत्ति जनाएका हुन्।
कम्युनिष्ट परिभाषाअनुसारको दलाल पुँजीपतिको कलेज जसरी पनि खुलोस् भन्ने उद्देश्यका साथमा विधेयक ल्याइेको उनको आरोप थियो।
सरकारले मेडिकल शिक्षाको हितभन्दा पनि राजनीतिक स्वार्थ भएका मानिसहरुलाई मेडिकल खोल्न अनुमति दिने प्रयोजनसहित विधयेक ल्याएको दाबी गर्दै थापाले भने- ‘चरेसको थालमा मार्सी धानको भात खुवाउने, कम्युनिष्ट परिभाषा अनुसारको दलाल पूँजिपतिको मेडिकल कलेज जसरी भए पनि खुलोस् भन्ने उद्देश्यको साथ सदनका चिकित्सा शिक्षा विधेयक ल्याइेको छ।
प्रधानमन्त्रीको यो समाजवादलाई नेपालमा हार्दिक स्वागत छ।’ उनले मेडिकल नभएका स्थानमा सरकारले मेडिकल कलेज खोलोस्, जनताका छोराछोरीले निःशुल्क मेडिकल शिक्षा लिन पाउन् र गाउँगाउँमा स्वास्थ्य सेवा पुगोस् भनेर माग राख्ने डा गोविन्द केसीलाई शान्तिपूर्ण प्रदर्शन गर्न नदिएकोमा पनि आपत्ति जनाउँदै डा केसीका माग पुरा गर्न सरकारको ध्यानाकर्षण गराए।