काठमाडौं । अब नारायणगढ–मुग्लिन सडकखण्डमा सडक अबरुद्ध भएनभएको सूचना एसएमएसबाटै पाइने भएको छ ।
महानगरीय ट्राफिक महाशाखाले सडकको स्थितिबारे जानकारी दिने उद्देश्यले एसएमएस सेवा सुरु गरेको हो । महाशाखाका अनुसार न्म्त टाइप गरेर ३४८४८ मा पठाए सडकको स्थितिको बारेमा सूचना सर्वसाधारणले प्राप्त गर्नेछन् ।
यो सडकखण्डमा पटकपटक पहिरो गएर सडक अबरुद्ध भै सर्वसाधारणले दुःख पाउने गरेको हुँदा नारायणगढदेखि मौवा खोलासम्मको ताजा अपडेट लागि यो सेवा सुरु गरेको हौं महाशाखाले भनेको छ ।