शंका हतियार को भेटियो सुन

समाचार
शेयर गर्नु होला

 

काठमाडौं । काठमाडौं प्रहरी परिसरका प्रमुख वरिष्ठ उपरीक्षक (एसएसपी) विश्वराज पोखरेलले नागढुंगामा बरामद भएको ३ किलो सुन सार्वजनिक गर्न अाइतबार आयोजित पत्रकार सम्मेलनमा भने, ‘हामीलाई हतियार वा अन्य कुनै अवैध सामग्री त्यो कारबाट अौँदैछ भन्ने सूचना थियो । त्यसपछि निगरानी बढाएका थियौं ।’

प्रहरीले तीन केजी सुन सहित दुई जनालाई हिजो नागढुंगा बाट पक्राउ गरेको थियो । काठमाडौंबाट तराई हिँडेको भारतीय गाडीबाट प्रहरीले शनिबार नागढुंगा चेकप्वाईन्टबाट सुन बरामद गरेको थियो।

‘हामीले कार महेन्द्रनगरबाट आएको वेला पनि चेक त गरेका थियौं । तर, शंकास्पद केही भेटिएको थिएन’, महानगरीय प्रहरी प्रभाग नागढुंगाका एक अधिकारी भन्छन् । महेन्द्रनगरतिरबाटै आएको त्यस सूचनालाई प्रहरीले गम्भीरताका साथ लिएको थियो । सोही सूचनालाई पछ्याउँदै प्रहरी यूके ०२४६८४ नम्बरको भारतीय कार फर्किने समयको पर्खाइमा थियो ।

त्यसैबीच शनिबार दिउँसो काठमाडौं प्रहरीले निगरानीको सूचीमा राखेको त्यस कार नागढुंगा नाकामा देखा पर्यो । लगत्तै, प्रहरीले कारलाई ‘साइड’ लगाएर चेकजाँच थाल्यो । तब त्यहाँ हतियार नभै, सुनका ३ वटा विस्कुट फेला परे ।

त्यसपछि प्रहरीले कारका चालक भारतको उत्तराखण्डको चम्पावत थाना टनकपुर नयाँ गाउँका १९ वर्षीय दिपककुमार मौर्य र त्यसमा सवार कञ्चनपुरको भीमदत्तनगर–६, बनगाउँका २३ वर्षीय मनोज विकलाई पनि नियन्त्रणमा लियो ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *