निरन्तरको बजार घटाइले १८८१ बिन्दुमा नेप्से परिसूचक हुँदा सेयर बजारमा लगानीकर्ताको सम्पत्ति बढेर २० खर्ब ७१ अर्ब रुपैयाँसम्म पुगेकोमा अैतबार अैइपुग्दा १४ खर्ब रुपैयाँमा ओर्लिएकाे छ ।
सूचक निरन्तर घटेसँगै उनीहरुको सम्पत्ति दिनप्रतिदिन घट्दै जान थालेकाे हाे । उनीरूले यसबिचमा सेयर बजारबाट ६ खर्ब ७१ अर्ब रूपैयाँ गुमाइसकेका छन्।
साताको पहिलो दिन अाईतबर पनि सेयर बजार परिसूचक मापक नेप्से १४ अंकले घटेर ११८२।५३ बिन्दुमा अडिएको छ । समग्र नेप्से र नेप्सेमा सूचीकृत ‘क’ बर्गको कारोबार मापक सेन्सेटिभ इन्डेक्स दुबै एक प्रतिशत बढीले ओरालो लागेका छन् ।
अैतबार कारोबार भएका कुनै पनि कम्पनीको सेयर कारोबार एक करोड नाघ्न सकेको छैन ।
सबैभन्दा बढी सेयर कारोबार भएको नेपाल बैंकको ८० लाख एक हजार रुपैयाँ बराबरको २७ हजार ४१७ कित्ता सेयर खरिद विक्री भएका छन् । नेशनल लाईफको ७५ लाख,नबिल बैंक संस्थापक ७२ लाख, नेपाल टेलिकम, नेपाल इन्भेष्टमेन्ट, कुमारी, नेपाल एसबिअैइ बैंकको पनि ५० लाख रूपैयाँ बढीको सेयर कारोबार भएको छ ।
यसदिन १५८ कम्पनीको ६ लाख १९ हजार कित्ता सेयर १९ करोड ७२ लाख रुपैयाँ बराबरमा खरिदविक्री भएका छन् ।अाईतबर बैंकिङ्ग उप समूहमा ८ करोड १४ लाख, बीमा ३ करोड ७९ लाख, फाइनान्स एक करोड ८३ लाख र विकास बैंक उप समूहमा एक करोड ४३ लाखको कारोबार हुँदा मुस्किलले पौने २० करोड कारोबार भएको छ । जुन गत बिहीबारको भन्दा पाँच करोड कम कारोबार हो ।
कारोबारमा आएका नौं वटै उप-समूहमा रातो पोतिएको छ । सबैभन्दा बढी बीमाको सुचक ८९ अंकले घटेको छ । लघुवित्त २५।७४, विकास बैंक २०।१४, होटल १८।६४, जलविद्युत १५।७० र बैंकिङ्ग १२।१४ अंकले घटेको छ । बाँकी सबै उप समूह पनि सामान्य घटेका छन् ।