काठमाडौं । रुसमा जारी विश्वकपमा आज पनि दुई खेल हुँदैछन् । अहिले प्रिक्वाटरफाइनल अन्तर्गत खेलमा आयोजक राष्ट्र रुस र स्पेन बिच को खेल भएको छ। रुसले पेनाल्टि सुट अाउट मा स्पेन लाइ ४-३ ले पराजित गर्दै क्वाटरफाइनल मा पुगेको छ। पेनाल्टीमा खेल चार तीनले रुसले आफ्नो पक्षमा पारेपछि स्पेन घर फर्कियो ।
स्पेन को लागि पहिलो गोल वन गोल बाट पाएको हो रुसले आफ्नो पोस्ट मा आफै गोल गर्न पुग्दा स्पेन ले गोल पाएको हो।
रुसले पछि परेको अवस्थालाई उल्टाउदै स्पेनविरुद्धको खेल १\१ को बराबरीमा उभ्याएकोबराबरीमा टुंगिएपछि खेल अतिरिक्त समयमा धकेलिएको छ ।
खेलको ११ ओं मिनेटमा रामोसले गरेको फ्रिकिक प्रहाररुसका डिफेन्डर सेरगेइले बचाउन खोज्दा आत्मघाती गोल हुन पुग्दा लिएको अग्रता रुसले ४१ औं मिनेटमा तोड्न सफल भएको थियो ।
स्पेनिस खेलाडी जेरार्ड पिके बल बचाउन खोज्दा हात लागेपछि पाएको पेनाल्टीलाई मार्टिनले गोलमा परिणत गर्दै खेललाई बराबरीमा उभ्याएका हुन् । आज को खेलमा रेगुलर् समय खेल बराबरीमा टुंगिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।
ढाल बनेर उभिएको रक्षापंक्तिको सहयोगमा रुसले स्पेनलाई निराश तुल्याउँदै क्वाटरफाइनलको यात्रा तय गरेको छ । निर्धारित र अतिरिक्त समयको खेल १/१ को बराबरीमा टुंगिए पछि खेल निर्णयार्थ टाइबे्रकरमा पुगेको थियो ।
टाइबेकरमा रुसले खेल ४ / ३ ले आफ्नो पक्षमा पार्दै अन्तिम आठको यात्रा तय गरेको हो ।