काठमाडौँ — एसईई परीक्षाको नतिजा प्रकाशित गर्दा त्रुटी गरेको भन्दै परीक्षा नियन्त्रण कार्यालयका प्रमुख अंबिकाप्रसाद रेग्मी मन्त्रालय तानिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अैतबार साँझ उनलाई कारबाहीस्वरुप मन्त्रालय तानिएको जनाएको छ ।
स्रोतका अनुसार शिक्षामन्त्री गिरिराजमणि पोखरेलले रेग्मीलाई मन्त्रालय तान्न निर्देशन दिएका हुन् । परीक्षा नियन्त्रक मन्त्रालय तानिएका मन्त्रालयका सचिव खगराज बरालले जानकारी दिए । उनका अनुसार तत्कालका लागि परीक्षा नियन्त्रण कार्यालयको जिम्मेवारी पाठ्यक्रम विकास केन्द्रका प्रमुख कृष्णप्रसाद काप्रीलाई दीएको छ । प्रतिवेदनको थप अध्यनन पछि अन्य दोषीलाई पनि कारबाही गरिने मन्त्री पोखरेलले बताए ।
एसईई नतिजा प्रकाशन गर्दा ९ हजार ६४ जना विद्यार्थीको रिजल्टमा त्रुटी भएको भेटिएको थियो । त्रुटी सार्वजनिक भएपछि मन्त्रालयले शिक्षक सेवा आयोगका प्रशासकिय प्रमुख डा. तुलसी थपलियाको संयोजकत्वमा ३ सदस्यीय छानविन गठन गरेको थियो ।
छानविन समितिले अाइतबर प्रतिवेदन बुझाए लगत्तै रेग्मी मन्त्रालय तानिएका हुन् । ‘प्रतिवेदन आएको छ, अध्ययन गर्ने काम सुरु भएको छ’, सचिव बरालले कान्तिपुर सँग भने, ‘प्रमुख नै बढी दोषी भएपछि उहाँलाई तानिएको हो ।’ मन्त्रालय निकट स्रोतका अनुसार नजिता प्रकाशनका क्रममा परीक्षा नियन्त्रक रेग्मीका कमीकमजोरीका कारण त्रुटी हुन पुगेको प्रतिवेदनमा उल्लेख छ । यद्यपी प्रतिवेदन भने अध्ययनकै क्रममा भनेर गोप्य राखिएको छ ।