पूर्व–विजेता जर्मनी, अर्जेन्टिना र स्पेनसँगै पोर्चुगल ‘घर फिर्ती’, अब पालाे कसकाे ? के ब्राजिल ले आफु लाइ बचाउन सक्ला ?

खेलकुद
शेयर गर्नु होला

 

काठमाडाैं ।यसाघिका विश्वकप विजेता ३ टाेली घर फर्किसकेका छन् । बलिया र फाइनल खेलका दाबेदार मानिएका टोलीहरु जर्मनी, अर्जेन्टिना र स्पेन बाहिरिएका छन् ।

चारपटककाे विश्वविजेता जर्मनि समुह चरण बाटै दक्षिण काेरियाली टिमसँग पराजित भएपछि उसकाे पनि ‘घर फिर्ती’ अभियान सुरू भयाे ।

यस्तै सुपरस्टार लियाेनल मेस्सीकाे टिम अर्जेन्टिना पनि प्रि क्वाटरफाइनलबाटै घर फर्कन बाध्य भयाे, फ्रान्ससँग ४-३ गाेलले पराजित हुँदै दुरिपटककाे विश्वविजेता अर्जेन्टिना यस पटक दाेस्राे चरणबाटै बाहिरएकाे हाे ।

यससँगै बलियाे मानिएकाे चर्चित खेलाडी क्रिस्टियानाे राेनाल्डाे सम्मिलित टिम पोर्चुगल पनि प्रि-क्वाटरफाइनलबाटै घर फर्किन बाध्य भएकाे छ । उरूग्वेसँगकाे खेलमा पाेर्चुगल २-१ गाेलले पराजित भयाे ।  जारी प्रतियोगितामा अब चारवटा मात्र पुर्व विजेता टोली बाँकी छन् ।

एकपटककाे पूर्वविजेता फ्रान्स तथा दुरिपटककाे उरुग्वे क्वाटरफाइनलमा पुगेका छन् । विश्वकपमा सर्वाधिक ५ पटक ट्रफी उचालेकाे ब्राजिलकाे भाग्य अाज (साेमबार) काे खेलले निर्धारण गर्दै छ । मेक्सिकाेसँग भिड्न लागेकाे ब्राजिल पनि हार्ने र प्रि-क्वाटरफाइनलबाटै घर फर्किने धेरैकाे अनुमान रहेकाे छ ।

मेक्सिकाेसँग ब्राजिलले विभिन्न खेलमा पटकपटक सामना गरेकाे छ, जसमध्ये २३ हार बेहाेरेकाे छ, त्यसैले यसपटक ब्राजिललारि अघि बढ्न मुस्किल छ । तर खेलमा अनुमान मात्र काफी मात्र काफी हुन्न, नतिजा नै पर्खनुपर्ने हुन्छ ।
अर्काे एकपटककाे पूर्व विजेता टिम इङ्ल्यान्डकाे पनि भाग्य निर्धारण हुन बाँकी छ ।

यीमध्ये कतिले क्वाटर फाइनल हुँदै फाइनलसम्मकाे यात्रा तय गर्लान्, अहिले सर्वत्र चासाेकाे विषय बनेकाे छ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *