काठमाडौं । रसियामा जारी विश्वकप २०१८ को क्वाटरफाइनल प्रवेशका लागि आज सामारा एरेनामा पाँचौ पटकको विश्व च्याम्पियन ब्राजिलले मेक्सिकाको सामना गर्दैछ । यस्तै दोस्रो खेलमा एसियाली चुनौतीकोरुपमा उभिएको जापान राम्रो लयमा देखिएको बेल्जियमसंग प्रतिष्पर्धा गर्दैछ ।
ब्राजिल भर्सेस मेक्सिको
समुह ‘इ’को विजेता ब्राजिल र समुह ‘एफ’को उपविजेता मेक्सिको दुवै टोलीको निम्ति आजको खेलले विशेष अर्थ राख्नेछ । उपाधि दावेदार ब्राजिल आज मेक्सिककोलाई हराउदै छैटौ पटक उपाधि नजिक पुग्न चाहन्छ । जसका लागि ब्राजिलियन टिमको खेलाडीको समिश्रण निकै मिलेको पनि देखिन्छ ।
ब्राजिलियन टिममा फिलिप लुईस, थिएगो सिल्भा, मार्सेलो, ईडसन,काउटिन्हो र नेयमार जस्ता खेलाडी छन् । यता गएको ६ वटा विश्वकपमा अन्तिम १६ बाट बाहिरिएको मेक्सिको यो पटक केहि माथि जान चाहन्छ, मेक्सीको लगातारको नमिठो अनुभवलाई आजको खेल बाट भुलाउन चाहन्छ ।
मेक्सिको टिममा फवार्ड जेवियर हर्नाज्डेजको उपस्थितिले केहि राहत भने पक्कै पुगेको छ । तर ब्राजिल जस्तो राष्ट्रलाई हराउनु मेक्सिकोको लागि चुनौती बन्नेछ । ब्राजिल र मेक्सिको यसाघि चार पटक भिडेका छन् जहा ब्राजिल अपराजित रहेको छ ।
पछिल्लो समय यी दुई टिम ब्राजिल विश्वकप २०१४ को समुह चरणमा भएको थियो जुन खेल गोल रहित बराबरीमा रोकिएको थियो । बेल्जियम भर्सेस जापान त्यस्तै आज हुने दोस्रो प्रिक्वाटरफानैइनलको खेल हो ।
बेल्जियम भर्सेस जापान
समुह चरणमा निकै चासोको विषय बनेको जापान एसियालाई प्रतिनिधित्व गर्दै जारी विश्वकपमा उत्कृष्ट खेल प्रदर्शन गरिरहेको छ ।
फेयर प्लेको आधारमा अन्तिम १६ मा प्रवेश पाएको कारण आजको खेलमा जापान शत प्रतिशत जित निकाल्न चाहन्छ । उसका लागि केईसुके होण्डा, टिनोउ, कागावा, र ओसाको जस्ता खेलाडीको उपस्थितिले जितको आशा देखिएको छ ।
समुह चरणमा अपराजित रहेको बेल्जियम समुह विजेता बन्दै प्रिक्वाटरफाईनलमा प्रवेश गरेको थियो । विश्वकपको सेमिफाईनल सम्म पुगेको वेल्जियम यो पटक उपाधि नै जित्न चाहन्छ ।
उसका लागि बेल्जियमका हरेक खेलाडी हेर्दा राम्रो देखिने र मैदानमा गतिलो फर्ममा रहेको प्रमाणित गरीसकेका छन् । इंग्ल्याण्ड जस्तो बलियो टिमलाई समुह चरणमा हराउदा विश्वकपमा निकै फर्ममा रहेका रोमेलु लुकाकु नायक बनेका थिए ।
आजको खेलमा जापानलाई वेल्जियमका लुकाकुलाई रोक्नु मुख्य चुनौती बन्नेछ । यी अन्मित ८ को लागि रोस्टोभ एरेनामा नेपाली समय अनुसार पौने १२ बजे हुनेछ ।