धनगढी —अाइतबार देखिको नियमित बर्षाले कैलालीको भजनी नगरपालिका लगायतका दक्षिणी पूर्वी क्षेत्र डुबानमा परेका छन् । एक सय बढी घरपरिवार बिस्थापित भैसकेका छन् । बर्षाले घर भत्किएर एक जनाकाे मृत्यु भएकाे छ ।
अाइतबार राति गोदावरी नगरपालिका–९ की ६५ वर्षीया झुना रानाको मृत्यु भएकोहाे। उनका श्रीमान् पुएरा राना घाइते भएका छन्। उनको सेती अञ्चल अस्पतालमा उपचार भैरहेको छ।
नदीको सतह नाघेर पानीले बस्ती र खेत जलमग्न भएको स्थानीय भोजराज श्रेष्ठले बताए। उनका अनुसार डुबानमा परेका घर परिवार सुरक्षित स्थानका सरेका छन्। केही परिवार आफन्तको घरमा डेरा सार्न पुगेका छन्। घर भित्रको अन्न भिजेको छ।
बर्षा नरोकिएकाले बिस्थापित परिवारको संख्या बढ्ने अनुमान गरिएको छ।कैलालीको मध्य क्षेत्रमा बग्ने कान्द्रा, काँडा नदीमा आएको बाढीले भजनी नपरपालिका पुरै वडा प्रभावित भएका छन्। भजनी–२, ५ र ६ मा पर्ने थापापुर र लालबोझीका एक सय बढी परिवार बिस्थापित भएका छन्।
सहायक प्रमुख जिल्ला अधिकारी जनकराज भट्टले जिल्लाभर भएको बाढीको जानकारी लीइरहेको बताए। ‘भजनी क्षेत्रमा डुबान बढ्दै गएको छ’ उनले भने, ‘त्यो क्षेत्रमा प्रहरी, सशस्त्र प्रहरीलाई अर्लट राखेका छौ, सर्वसधारणलाई डुबानग्रस्त क्षेत्रबाट सुरक्षित स्थानमा सर्न माकिंगबाट आग्रह गरिहेको छौ।’