काठमाडौ- अहिले वर्षातको मौसम छ । काठमाडौका कतिपय सडक जलमग्न छन् । संसदको विशेष समयमा बोल्दै नेपाली कांग्रेसका सांसद प्रकाश रसाइलीले पानी जहाज चढेर संसद भवन आएको भन्दै व्यङ्ग गरे ।
रसाइलीले भने, ‘आज हामी नेपालीहरु सबैजसो सांसदहरु हरेक दिन पानीजहाज चढेर अौँछौ । त्यो पनि १५ रुपैयाँको पानीजहाजमा । आज गोकर्ण, जोरपाटी, त्रिपुरेश्वरको पानी जहाजमा चढेर अन्तर्ाष्ट्रिय सम्मेलन केन्द्रमा अौँछौ।’ नेपालले पनि पानीजहाज किन्ने प्रधानमन्त्री केपी ओलीको केही समय अघिको भनाईप्रति सांसद रसाइलीले व्यङ्ग गरेका हुन् ।
अर्को प्रसंगमा सांसद रसाइलीले भारतले नाकाबन्दी गरेको भन्ने प्रधानमन्त्री ओली र मधेसी जनताले नाकाबन्दी लगाएको भन्ने उपेन्द्र यादव एकै ठाउ रहेको भन्दै नाकाबन्दीबारे प्रष्ट पार्न माग गरे। सांसद रसीइलीले लिपुलेकका विषयमा पनि प्रधानमन्त्रीले जवाब दिनुपर्ने बताए