रोल्पामा पहिरोले घर पुरिँदा सुत्केरी र शिशुसहित तीन जनाको मृत्यु,कैलालीमा पनि एकको मृत्यु

समाचार
शेयर गर्नु होला

 

रोल्पा — लगातारको वर्षाले घर भत्कँदा रोल्पामा एक शिशुसहित सोमबार तीन जनाको मृत्यु भएको छ । वर्षापछि घरमाथिबाट आएको पहिरोमा घर पुरिँदा उद्धारपछि उपचार हुनु अघि नै तीन जनाको ज्यान गएको हो ।

पर्खाल भत्किएर रुन्टिगढी गाउँपालिका-५ सोइबाङमा ११ बजेतिर राजकुमार बिकको घर पुरिँदा उनकी श्रीमती २२ वर्षे कमला, १८ दिनकी छोरी आयुुसा र राजकुमारकी दाइकी छोरी १५ वर्षीया चित्राको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।

घरमाथि पहिरो खस्दा सुत्केरीसहितले भान्सा कोठामा आगो ताप्दै गरेकी थीन् । अघिल्लो दिनदेखि निरन्तर भैरहेको अधिक वर्षाका कारण घर भत्कनुअघि कसैले पनि जानकारी पाएनन् । ‘एक्कासी घर भत्किएपछि दुर्घटना हुन पुगेको हो,’ प्रहरी निरीक्षक पन्थीले भने, ‘सुत्केरी र शिशुको ज्यान जोगाउन सकिएन ।’

यसैगरी अविरल वर्षाका कारण कैलालीमा कच्ची घर भत्किएर पुरिँदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोदावरी नगरपालिका ९ धनचौरीकी ६२ वर्षीया दुथा राना रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिए । घरमै सुतिरहेको बेला घर भत्किँदा उनी च्यापिएकी थीइन् ।

 


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *