बाढीले बाँध भत्कायो, स्थानीय त्रासमा

समाचार
शेयर गर्नु होला

 

रौतहट — दुईदिन देखि परेको अविरल वर्षाका कारण रौतहटको लालबकैया नदीमा आएको बाढीले बाँध कटानमा पारेपछि स्थानिय त्रासित बनेका छन् ।

अहिले त्यस क्षेत्रमा प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल सहितको टोली पुगेको छ । नदीमा पानीको सतह नघटेपछि स्थानिय प्रशासनले बाढीको खतरा बढ्ने भन्दै छेउका वस्ती खाली गराउन भनेको छ ।

जिल्लाको बौधीमाई नगरपालिका २ इनर्बा गाउँ नजिकको लालबकैया नदीमा आएको बाढीले झण्डै १ मिटर बाँध कटान गरेको प्रजि रिजालले बताए । नदिको सतह घटेको छैन । यही रफ्तारमा बाढी आयो भने छेउका वस्ती खाली गराउनुपर्छ उनले भने रोकथामको प्रयास हुँदै छ ।

कटान गरेको क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली पुगिसकेको छ । नेपाली सेनालाई पनि बोलाईेको प्रजि रिजालले जनाए । नदी छेउमा झण्डै ३४ घर छन् । कटानले डुबानमा पर्ने भन्दै स्थानीय प्रशासनले खाली गराउन लागेको हो । इनर्वाका किशुनी साहले बाँध कटानमा परेपछि आफूहरुमा त्रास बढेको बताए ।

प्रशासनले लालबकैया र बागमति नदी छेउका वस्तीका स्थानीयलाई सतर्क रहन आग्रह गरेको छ । यी दुवै नदीमा अाउने  बाढीले वर्षेनी क्षति पुर्‍याउँदै आएको छ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *