नारायणगढ-मुग्लिन सडक आज नखुल्ने

समाचार
शेयर गर्नु होला

 

चितवन — नारायणगढ-मुग्लिन सडकको टोपे खोलामा गएको पहिरो हटाउन सोमबार नसकिने भएको छ ।

पहिरो आज सफा हुन नसक्ने भएपछि बाटो खुल्ने सम्भावना नरहेको अधिकारीहरुले बताएका छन् । पहिरो हटाउन नसक्दा मुग्लिनबाट नारायणगढ जाँदै गरेका र नारायणगढबाट मुग्लिन अाइरहेका हजारौं यात्री अलपत्र परेका छन् ।

हिजो रातिदेखि नै वर्षा भएका कारण नारायणगढ मुग्लिन सडकमा आज बिहानैदेखि यातायात प्रभावित भएको थियो। मध्यान्ह पौने १२ बजे टोपे खोलामा पहिरो खसेपछि बाटो पूर्ण रुपमा ठप्प भएको प्रमुख बिसुरालले बताए। ‘त्योभन्दा अघि जलबिरे, चार किलो, कालिखोला क्षेत्रमा साना साना पहिरो गएको थियो। एक तर्फी भए पनि गाडी चलेका थिए। तर टोपे खोलाको पहिरोपछि ठप्पै भयो,’ उनले भने।

नारायणगढ मुग्लिन सडक आयोजनाका प्रमुख रोहितकुमार बिसुरालले भने ‘रातमा सफा गर्न गाह्रो हुन्छ। उज्यालोमा नै सफा गरेर भ्याउने अवस्था छैन। आज बाटो नखुल्ने सम्भावना प्रवल छ,’।

पहिरोका कारण अघिल्लो सोमबारदेखि लगातार तीन दिन बाटोमा अवरोध भएको थियो। अघिल्लो मंगलबार ११ घण्टासम्म बाटो बन्द भएको थियो।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *