विश्वकप : ब्राजिल र मेक्सिको बिच प्रिक्वाटरफाइनल को खेल सुरु

खेलकुद
शेयर गर्नु होला

 

रसियामा जारी विश्वकप २०१८ को क्वाटरफाइनल प्रवेशका लागि आज सामारा एरेनामा पाँचौ पटकको विश्व च्याम्पियन ब्राजिलले मेक्सिकाको सामना गर्दैछ । अहिले ब्राजिल र मेक्सिको बिच को खेल सुरु भएको छ।

समुह ‘इ’को विजेता ब्राजिल र समुह ‘एफ’को उपविजेता मेक्सिको दुवै टोलीको निम्ति आजको खेलले विशेष अर्थ राख्नेछ । उपाधि दावेदार ब्राजिल आज मेक्सिककोलाई हराउदै छैटौ पटक उपाधि नजिक पुग्न चाहन्छ ।

जसका लागि ब्राजिलियन टिमको खेलाडीको समिश्रण निकै मिलेको पनि देखिन्छ । ब्राजिलियन टिममा फिलिप लुईस, थिएगो सिल्भा, मार्सेलो, ईडसन,काउटिन्हो र नेयमार जस्ता खेलाडी छन् ।

यता गएको ६ वटा विश्वकपमा अन्तिम १६ बाट बाहिरिएको मेक्सिको यो पटक केहि माथि जान चाहन्छ, मेक्सीको लगातारको नमिठो अनुभवलाई आजको खेल बाट भुलाउन चाहन्छ । मेक्सिको टिममा फवार्ड जेवियर हर्नाज्डेजको उपस्थितिले केहि राहत भने पक्कै पुगेको छ । तर ब्राजिल जस्तो राष्ट्रलाई हराउनु मेक्सिकोको लागि चुनौती बन्नेछ ।

ब्राजिल र मेक्सिको यसाघि चार पटक भिडेका छन् जहा ब्राजिल अपराजित रहेको छ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *