काठमाडौं । रुसमा जारी विश्वकपमा आज पनि दुई खेल हुँदैछन् । अहिले प्रिक्वाटरफाइनल अन्तर्गत बेल्जियम र जापान खेलमा बिच को खेल सुरु भएको छ।
समुह चरणमा निकै चासोको विषय बनेको जापान एसियालाई प्रतिनिधित्व गर्दै जारी विश्वकपमा उत्कृष्ट खेल प्रदर्शन गरिरहेको छ ।
फेयर प्लेको आधारमा अन्तिम १६ मा प्रवेश पाएको कारण आजको खेलमा जापान शत प्रतिशत जित निकाल्न चाहन्छ । उसका लागि केईसुके होण्डा, टिनोउ, कागावा, र ओसाको जस्ता खेलाडीको उपस्थितिले जितको आशा देखिएको छ ।
समुह चरणमा अपराजित रहेको बेल्जियम समुह विजेता बन्दै प्रिक्वाटरफाईनलमा प्रवेश गरेको थियो । विश्वकपको सेमिफाईनल सम्म पुगेको वेल्जियम यो पटक उपाधि नै जित्न चाहन्छ ।
उसका लागि बेल्जियमका हरेक खेलाडी हेर्दा राम्रो देखिने र मैदानमा गतिलो फर्ममा रहेको प्रमाणित गरीसकेका छन् । इंग्ल्याण्ड जस्तो बलियो टिमलाई समुह चरणमा हराउदा विश्वकपमा निकै फर्ममा रहेका रोमेलु लुकाकु नायक बनेका थिए ।
आजको खेलमा जापानलाई वेल्जियमका लुकाकुलाई रोक्नु मुख्य चुनौती बन्नेछ । यी अन्मित ८ को लागि रोस्टोभ एरेनामा नेपाली समय अनुसार पौने १२ बजे हुनेछ ।