प्रदेश ४ को स्थायी राजधानी पोखरा बन्यो

फोटो फिचर समाचार
शेयर गर्नु होला

 

पोखरा — पर्यटकीय शहर पोखरा प्रदेश ४ को स्थायी राजधानी भएको छ । सत्ता र प्रतिपक्षदलको समर्थनमा प्रदेशसभाको सोमबारको बैठकमा सहभागी सबै ५२ सांसदको समर्थनमा राजधानी तोकिएको हो ।

संविधानको धारा २८८ को उपधारा २ मा प्रदेशको राजधानी सम्बन्धित प्रदेश सभामा तत्काल कायम रहेका सदस्य संख्याको दुई तिहाई बहुमतबाट निर्णय भए बमोजिम हुनेछ भन्ने उल्लेख छ । सोही अनुसार कार्यवाहक सभामुख सिर्जना शर्माले तत्काल कायम सदस्यको आधारमा दुई तिहाई बहुमतले राजधानी तोकेको घोषणा गरेकी थीइन ।

प्रदेशसभा बैठकमा सहभागी सबै सांसदले समर्थन गरेकाले उपस्थितिका आधारमा भने ‘सर्वसम्मत’ भएको हो । सत्तापक्ष नेकपाका सांसद कृष्णबहादुर थापाले प्रदेश राजधानी तोक्ने विषयमा राखेको प्रस्तावलाई कांग्रेसका मणीभद्र शर्माले समर्थन गरेका थिए ।

प्रस्तावलाई सभामुख सिर्जना शर्माले निर्णयार्थ पेश गर्दै मत विभाजनमार्फत मत संकलन गरिएको थियो । सभामा उपस्थिति सबै सांसदले प्रस्तावको पक्षमा मत जाहेर गरेका थिए । मत सच्याउन ३ मिनेटको समय दीइे पनि कसैले सच्चाएनन् ।

त्यसपछि सभामुख शर्माले पोखरालाई राजधानी तोकियोस् भन्ने प्रस्तावको पक्षमा ५२ मत र विपक्षमा शुन्य मत परेको र उक्त संख्या तत्काल कायम रहेका सांसदको दुई तिहाई मत भएकाले बहुमतले पारित भएको घोषणा गरेकी थीइन ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *