देशैभरी बाढी–पहिरोले मच्चायो वितण्डा ११ को मृत्यु, सरकार् सुस्त, उद्धार फितलो

खेलकुद
शेयर गर्नु होला

 

काठमाडौँ — देशका विभिन्न भागमा आएको बाढी–पहिरोले ११ जनाको मृत्यु हुनुका साथै तराई क्षेत्रमा हजारभन्दा बढी घर डुबानमा परेका छन् ।

अाइतबार र सोमबार देशभर भएको वर्षा र त्यसपछि आएको बाढी र डुबानमा परी ११ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ। गृहका अनुसार अत्यधिक वर्षाबाट ८ जिल्ला प्रभावित छन्।लगातारको भारी वर्षाले प्रदेश २ का अधिकांश क्षेत्र जलमग्न छन्। पर्साको पन्थी खोलामा आएको बाढीले बगाउँदा एक बालिकाको मृत्यु भएको छ। जनकपुर र वीरगन्ज सहरका केही भाग डुबानमा परेका छन्।वर्षाले वीरगन्ज महानगरको अधिकांश क्षेत्र डुबेको छ। सडकमा तीन फिटसम्म पानी जमेको छ।

रोल्पा र बाँकेमा बाढी–पहिरोमा परेर सोमबार ६ जनाले ज्यान गुमाएका छन्। पहिरोले घर पुरेपछि रोल्पामा सुत्केरी र शिशुसहित ३ जनाको मृत्यु भयो। बाँकेमा बाढीले बगाउँदा ५ वर्षीय बालकसहित ३ जनाको मृत्यु भएको छ।

पर्साको पन्थी खोलामा आएको बाढीले बगाउँदा पर्सागढी नगरपालिका–४ रमौलीकी १५ वर्षीया प्रतिमा रामको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी सत्यनारायण थापाका अनुसार बाढीले बगाएका थप २ विद्यार्थीको उद्धार गरिएको छ। एक विद्यार्थी अझै बेपत्ता छन्।

कैलाली थापापुरको पूरै बस्ती डुबानमा परेको छ। काँडा नदीमा आएको बाढी गाउँ पसेपछि स्थानीयलाई सुरक्षित ठाउँमा सारिएको छ। गोदावरी नगरपालिकामा घर भत्किँदा एकजनाको मृत्यु भएको छ।

डुबानग्रस्त क्षेत्रका पीडित घर छाडेर सुरक्षित स्थानतर्फ लागेका छन् भने सरकारको उद्धार प्रयास अत्यन्तै फितलो देखिएको छ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *