३ दिने शैक्षिक हड्ताल फिर्ता

समाचार
शेयर गर्नु होला

 

काठमाडौं ।  शिक्षा मन्त्रालयमा सोमबार राति अबेरसम्म चलेको वार्तामा नौ बुँदे सहमति भएपछि विद्यार्थी संगठनहरुले आन्दोलन फिर्ता लिएका  छन।

नेत्रविक्रम चन्द विप्लव निकट अखिल क्रान्तिकारीसहित नौ विद्यार्थी संगठनहरुलेबिभिन्न शैक्षिक मुद्दाहरु अघि सार्दै उनीहरुले यही असार २०, २१ र २२ गते देशव्यापी शैक्षिक संस्था बन्द आह्वान गरेका थिए ।

शिक्षा मन्त्रालयमा सोमबार अपराह्न साढे चार बजेदेखि सुरु भएको वार्ता राति करिब साढे ११ बजे टुंगिएको थियो । वार्तामा शिक्षा मन्त्रालयको तर्फबाट सहसचिव सूर्य प्रसाद गौतम, शिक्षा बिभागका महानिर्देशक बाबुराम पौडेल, प्याब्सनका कार्यवाहक अध्यक्ष अध्यक्ष डिके ढुंगाना, एनप्याब्सनका अध्यक्ष ऋतुराज सापकोटालगायत सहभागी थिए । काठमाडौं जिल्ला प्रशासन कार्यालयले शैक्षिक हड्ताल फिर्ता लिन आग्रह गर्दै फिर्ता नलिए कानुनानुसारको कारवाही गर्ने चेतावनीयुक्त विज्ञप्ति सार्वजनिक गरेको थियो ।

नौ विद्यार्थी संगठनमा आवद्ध रहेर संयुक्त रुपमा आन्दोलनरत गोपाल किराँती नेतृत्वको नेकपा (माओवादी केन्द्र) सम्बद्ध अखिल क्रान्तिकारीका अध्यक्ष आलोक रायमाझीले निजी विद्यालयहरुले बढाएको शुल्क एक महिनाभित्र फिर्ता वा समायोजन गर्नेलगायतका सहमति भएकाले आन्दोलन फिर्ता लिएको बताए ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *