काठमाडौँ — पछिल्लो वर्ष स्वीट्जरल्याण्डका बैंकहरुमा नेपालका निक्षेप बढेको छ। स्वीस नेसनल बैंक एसएनबीले हालै सार्वजनिक गरेको २०१७ को वर्षको वार्षिक प्रतिवेदनले यस्तो देखाएको हो।
दक्षिण एसियाली मुलुकका नागरिक तथा कम्पनीहरूले उल्लेख्य मात्रामा स्विस बैंकमा रकम जम्मा गर्ने गरेको पाइेको छ । यसमा नेपाल ११२ औं स्थानमा रहेको छ ।
सन् २००८ मा स्वीट्जरल्याण्डका बैंकमा कुल आठ करोड ६२ लाख २१ हजार स्वीस फ्य्राङ्क बराबरको नेपाली रुपैयाँ रहेकोमा गत वर्ष त्यस्तो रकम ३२ करोड २८ लाख ८४ हजार पुगेको छ। सो रकम नेपाली व्यक्ति र संस्थाको भएको छ।
सन् १०१७ मा स्वीस बैंकहरुमा नेपाली बैंकहरुको ३० करोड ७२ लाख ७१ हजार स्वीस फ्य्राङ्क रहेको देखिन्छ। त्यस्तै, एक करोड ४७ लाख ८५ हजार स्वीस फ्य्राङ्क अन्य ग्राहकको भएको एसएनबीे जनाएको छ।
आठ लाख २९ हजार स्वीस फ्य्राङ्क जम्माकर्ताको भने परिचय खुलाएको छैन। यसमा भने कतिपय गैरकानुनी आर्जनको रकमसमेत हुनसक्ने जानकारहरु बताउँछन्।
अन्य दक्षिण एसियाली मुलुकहरूमा पाकिस्तान ७२ औं, भारत ७३ औं, बंगलादेश ९५ औं, श्रीलंका १०८ औं र भुटान २०३ औं स्थानमा रहेको स्विस बैंकको पछिल्लो तथ्यांकमा उल्लेख छ । चीन सूचीमा २० औं स्थानमा छ । अघिल्लो वर्ष चीनले ६७ प्रतिशतले वृद्धि गर्दै उसको नागरिकले उक्त बैंकमा १६० अर्ब स्विस फ्रयांक जम्मा गरेका छन् ।