सरकारले प्रकोप-पीडितलाई राहत नदिने तयारी

समाचार
शेयर गर्नु होला

 

काठमाडाैं । सरकारले प्रकृतिक प्रकोपबाट भौतिक क्षति पुगेका परिवारलाई राहत नदिनेगरी कानुन बनाउने तयारी गरेको छ ।

‘विपद् जोखिम न्यूनीकरण राष्ट्रिय नीति, २०७५’ को मस्यौदामा सरकारले राहत तथा क्षतिपूर्तिका नाममा हुने खर्च कटौतीको योजना बनाएको हो ।

बर्सेनी बाढी-पहिरो, डुबानलगायत प्राकृतिक प्रकोपबाट हुने आर्थिक क्षति विकराल बन्दै गएको निष्कर्षसहित सरकारी राहतको सट्टा आवास प्रयोजनका लागि बनाइेका भौतिक संरचनाको अनिवार्य बिमा गर्न सुझाव दिएको हो ।

विपद् जोखिम न्यूनीकरणमा निजी क्षेत्र, बैंक तथा वित्तीय संस्था, बिमा कम्पनी, विकास साझेदार, दातृ संस्थालगायतको लगानी प्रवद्र्धन गरिने गृह मन्त्रालयले जनाएको छ।

 

 


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *