डुबान कम गर्न सुस्ताबासीले भत्काए भारतीय बाँध

समाचार
शेयर गर्नु होला

 

काठमाडौं । खेतियोग्य जमिन डुबानमा परेपछि नवलपरासीको सुस्ताका बासिन्दाले गण्डक नहरको बाँध भत्काएर पानी निकास गराएका छन् ।

सुस्ता गाउँपालिका वडानम्बर २ को गुडरिया भन्ने स्थानमा बाँध भत्काएर उत्तर प्रदेशतर्फ जाने नहरमा पानी खसालिएको हो।गण्डक बाँधका कारण वर्षात्‌काे पानी निकास नहुँदा सयौं विगाहा जमिन र बस्ती डुबानमा परेको छ ।

पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले स्थानीयले बस्ती जलाम्य भएको भन्दै निकासका लागि नहर खनेको जानकारी पाएको बताए। ‘ठूलो नहरको बाँध भत्काउँदा नहरको पानी बस्तीमा जोखिम हुने भएकाले स्थानीयलाई यसबारे जानकारी गराएर समस्या समाधान गर्ने तर्फ लागेका छौ,’ लामिछानेले भने, ‘दुई देशबिचको सम्झौताको विषय भएकाले दुबैतर्फका अधिकारी बसेर स्थानीयको जिउधनको सुरक्षा र बाढीको जोखिम कम गर्ने विषयमा पहल भएको छ।’

भारतीय पक्षले साइफन सफा नगरिदिँदा र ह्युमपाइप अग्लो स्थानमा राखिदिएकाले पानी बगेर नहरमा नखस्दा हरेक वर्ष सुस्ता डुबानमा पर्दै आएको छ ।गतवर्ष पनि सुस्ताका स्थानयीले बाँध भत्काएर पानी निकास गराएका थिए।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *