काठमाडाैं । नेपाली कामदारकाे माग जापानसम्म हुन थालेकाे छ । जापानले पछिल्लाे समय नेपाल सरकारलारि पत्र नै काटेर कामदारकाे माग गरेकाे हाे ।
जापानबाट माग हुने दक्ष र अर्धदक्ष कामदार पठाउनका लागि परराष्ट्र मन्त्रालयले जापानी अधिकारीहरूसँग छलफल गरिरहेकाे जनाइेकाे छ । श्रम मन्त्रालयकाे रोजगार महाशाखा र परराष्ट्र मन्त्रालयको दक्षिण पूर्वी एशिया हेर्ने महाशाखाका अधिकारीहरुको संयुक्त टोली कार्ययाेजना निर्माण र अावश्यक वातावरण बनाउनमा जुटेकाे छ ।
दक्षिण काेरियामा जस्तै जापानमा समेत नेपाली कामदार पठाउन सरकारले कार्य योजना बनाइरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय स्राेतले जनाएकाे छ ।
केही समयाघि जापान सरकारले विदेशी कामदार भित्र्याउन ५ वर्षे भिषासहित ‘वर्क परमिट’ नीति ल्याउने घोषणा गरेकाे थियाे । त्यसलगत्तै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाली कामदार जापान पठाउन योजना बनाउन थालेको बताइन्छ ।