काठमाडौं । कैलाश मानसरोबर यात्रामा गएका झण्डै १६ सय भारतीय तीर्थयात्री अलपत्र परेका छन् । अविरल वर्षाका कारण सडक अवरुद्ध हुँदा करिव ५०० तिब्बती क्षेत्रमा र बाँकी सिमिकोट तथा हिल्सामा रोकिएका हुन् ।
काठमाडौंस्थित भारतीय दूतावासका अनुसार ५२५ तीर्थयात्री सिमिकोट र ५५० हिल्सामा रोकिएका छन् । उनीहरुका लागि खाद्यान्न र बस्ने व्यवस्थाका लागि आफ्ना प्रतिनिधिहरु त्यसतर्फ लागेको दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
नेपालमा तीर्थयात्राका लागि आएका भातीय तीर्थयात्रीहरु बाढीका कारण अलपत्र परेपछि भारतका विदेश मन्त्री सुष्मा स्वराजले नेपाल सरकारलाई उद्धार गरिदिन आग्रह गरेकी छन् ।भारतीय विदेश मन्त्री स्वराजले नेपालमा भारी वर्षाका कारण परेका भारतीय तीर्थयात्रीलाई उद्धारका लागि नेपाली सेनालाईसमेत हेलिकप्टरबाट उद्धार गर्न आग्रह गरेकी छिन् ।
We have requested Government of Nepal for army helicopters to evacuate stranded Indian nationals. /4 #IndiansStrandedInNepal
— Sushma Swaraj (@SushmaSwaraj) July 3, 2018
मन्त्री सुष्माको अंकडा अनुसार सीमीकोटमा ५२५, हिल्सामा ५५० र तिब्बततिर ५०० तीर्थ यात्री अलपत्र परेका छन् । उनले नेपालस्थित भारतीय दुतावासलाई समेत उनीहरुको उद्धारसँगै आवश्यक खानेकुरा तथा औषधीलगाको व्यावस्था गर्न निर्देशन दिएकी हुन् ।
साथै ती तीर्थयात्रीहरुको बारेमा जानकारी दिनका लागि तामिल, तलेगु, कनाडा, मलयालम भाषामा हटलाइनको समेत व्यवस्था गरिएको छ । मन्त्री स्वराजले ती हटलाइनका लागि ८ वटा नेपाली नम्बर पनि सावर्जनिक गरेकी छिन् ।