जुम्ला — विभिन्न मागहरु राखेर अनशन बसेका डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै चिकित्सकहरुले कर्णाली प्रदेशका अस्पताल बन्द गरेका छन् ।
नेपाल चिकित्सक संघले अनशनरत डा. केसीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी उपचार गर्न सरकारलाई चौबिस घण्टे अल्टिमेटम दिएको थियो ।
अहिलेसम्म पनि सरकारले कुनै सुनुवाइ नगरेको भन्दै डा. केसीको जीवन रक्षाको माग गर्दै अकस्मिक बाहेकका अन्य सबै सेवाहरु ठप्प पारेर चिकित्सकहरु सडकमा उत्रिएका छन् ।
गुणस्तरीय स्वास्थ्यका अभियान्ता प्रा.डा. गोविन्द केसीको जीवन रक्षाका लागि सुविधासम्पन्न अस्पतालमा स्थानान्तरण गर्न दिएको २४ घण्टे समयसीमामा पनि स्थानीय प्रशासनको तर्फबाट कुनै पहल नभएकाले हामी आन्दोलित हुन बाध्य भएका हौं उनले भने, ‘मंगलबार बिहानदेखि कर्णाली प्रदेशका सम्पूर्ण स्वास्थ्य संस्थाहरुमा आकस्मिक बाहेकका सबै सेवाहरु अनिश्चितकालका लागि बन्द गरेका छौं ।’