चर्चित् भारतिय अभिनेता मिथुन चक्रवर्ती को छोरा र पत्नीमाथि बलात्कार मुद्दा

मनोरञ्जन
शेयर गर्नु होला

 

एजेन्सी । बलिउड अभिनेता मिथुन चक्रवतिका छोरा महाक्षय विवाहको मुखैमा बलात्कार मुद्दामा फसेका छन्।

दिल्लीको रोहिणी अदालतले प्रहरीलाई महाक्षयविरुद्ध बलात्कार, धोकाबाजी, र जर्बजस्ती गर्भपतन गराउन लगाएको आरोपमा मुद्दा दर्ता गर्न आदेश दिएको छ।

त्यति मात्र हैन मिथुनकी पत्नी योगिता बालीमाथि पनि छोराको अपराधमा सहयोग गरेको आरोप लागेको छ। महाक्षय र योगिता बालीमाथि पीडितले बलात्कार, धोकाबाजी र जबरजस्ती गर्भपतन गराएको आरोप लगाएकी थीन्। महाक्षय र उनकी आमाले अहिलेसम्म यो विषयमा कुनै प्रतिक्रिया दिएका छैनन्।

भारतीय मिडिया रिर्पोटका अनुसार उक्त आरोप भोजपुरी फिल्मकी अभिनेत्रीले लगाएकी हुन्। उनले बलिउड चलचित्रमा पनि काम गरिसकेकी छन्। उनले महाक्षयले विवाहको आश्वासन दिएर आफूमाथि कयौँ पटक शारिरीक शोषण गरेको आरोप लगाएकी छन्।

अहिले महायक्षले अर्कैसँग विवाह गर्न थालेपछि उनले अदालतमा उनीविरुद्ध मुद्दा दर्ता गराएकी हुन्। ती अभिनेत्रीले आफू महाक्षयसँग करीब ४ वर्षदेखि रिलेशनमा रहेको दाबी गरेकी छिन्। यस क्रममा आफू गर्भवती समेत भएको र महाक्षयले जबरजर्ती औषधि दिएर गर्भपतन गराएको उनको आरोप छ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *