डा .केसीको समर्थन गर्दै जुम्लामा निकालियो नाङगो जुलुस

समाचार
शेयर गर्नु होला

 

जुम्ला- प्राध्यापक डा. गोविन्द केसीको अनशन चौथो दिन पनि जारी छ। चिकित्सा शिक्षा र गुणस्तरीय स्वास्थ्य सेवाका अभियान्ता प्राध्यापक ड.गोविन्द केसीको जीवन रक्षाको माग गर्दै नागरिक समाज जुम्लाले अर्धनग्न जुलुस निकालेको हो।

हातमा हड्कडी लगाएर, मुखमा कालो पट्टी बाँधेर, आधा शरीर नांगो पारेर कर्णालीको जुम्लामा अनसनरत डा। केसीको जीवन रक्षाको माग गर्दै जुलुस निकालिएको हो। जुलुस डा. गोविन्द केसी अनसन बसेको स्थान कवर्डहलवाट शुरु भएर अस्पताल हुदै, कृष्णमन्दिरबाट जिल्ला प्रहरी कार्यालयवाट कवर्डहल आएर टुंगिएको थियो।हाल केसी कभर्ड हलकै चिसो भुइंमा अनशनरत रहेका छन् ।

केसीको जीवन रक्षा गर, माथेमा आयोगको प्रतिवेदन तत्काल कार्यन्वयन गर, अनशनमा भैइरहेको प्रहरी निगरानी बन्द गर, डा. केसीका माग पुरा गर लगायतका प्लेकार्ड बोकेर मौन अर्ध नग्न जुलुस निकालिएको हो।

डा. केसीको माग जायज भएको भन्दै तत्काल पुरा गरेर मृत्युको मुखवाट बचाउनको लागि दवाव दीएको थियो। नागरिक समाजका अध्यक्ष राजवहादुर महतले जबसम्म डा. केसीको जीवन रक्षाको ग्यारेण्टी हुँदैन तबसम्म दवाव मुलक संघर्षका कार्यक्रम भैइरहने बताए।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *