काठमाडौं । रुसमा जारी विश्वकपमा आज पनि दुई खेल हुँदैछन् । अहिले प्रिक्वाटरफाइनल अन्तर्गत स्वीडेन र स्विट्जरल्याण्ड बिच को खेल सुरु भएको छ।
स्वीडेन समुह एफको विजेता बन्दै स्विट्जरल्याण्डसंगको भेट पक्का गरेको हो । एक खेलमा हार र दुई खेलमा जित निकालेको स्वीडेनले दक्षिण कोरिया र मेक्सिको जस्तो बलियो टिमलाई हराउँदा जर्मनीसग भने पराजित भएको थियो । चार पटकको विश्व विजेता इटालीलाई प्लेअफमा हराउँदैे विश्वकपमा स्थान सुरक्षित गरेको स्वीडेन स्विट्जरल्याण्डलाई हराउदै अन्तिम ८ मा पाइला राख्न चाहन्छ । स्वीडेनका लागि एगुस्टोसन, ग्राण्डभिस्ट, एल्भारेजको टिम सहित क्वाटरफानैइनलमा जान चाहन्छ, स्वीडेन १९५८ फाइृनलमा पुगेको थियो ।
उता १९५४ देखि नकाऔटमा गोल गर्न नसकिरहेको अनुभवलाई मेट्दै स्वीडेन विरुद्ध फराकिलो गोल गर्न चाहन्छ स्विट्जरल्याण्ड । समुह ईको उपाविजेता बनेको स्विट्जरल्याण्ड समुह चरणमा सर्वियाविरुद्ध जित निकाल्दा ब्राजिल र कोस्टारिका विरुद्ध बराबरी गर्दै प्रिक्वाटरफाईनलमा प्रवेश गरेको हो । स्विट्जरल्याण्डका मिडफिल्डर ब्येरिम जेमिल्ली, डेर्मिक, स्टेफेन जुबर जस्ता फर्ममा रहेका खेलाडीसहित स्वीडेन विरुद्ध क्वाटरफाईनलका लागि खेल्नेछ ।