विश्वकप : प्रिक्वाटरफाइनल अन्तर्गत कोलम्बिया र इंग्ल्याण्ड बिच को खेल सुरु

खेलकुद
शेयर गर्नु होला

 

काठमाडौं । रुसमा जारी विश्वकपमा आज पनि दुई खेल हुँदैछन् । आज को दोस्रो प्रिक्वाटरफाइनल अन्तर्गत कोलम्बिया र इंग्ल्याण्ड बिच को खेल सुरु भएको छ।यी दुई टोलीबीचको खेल नेपाली समय अनुसार पौने १२ बजे ओक्रिटाई एरेनामा सुरु भएको हो।

समुह चरणमा जापानसंग पराजित हुँदा पोल्याण्ड र सेनेगल विरुद्ध जित निकालेको थियो । समुह चरणमा कोलम्बियाका लागि गोल गरिसकेका भरपर्दा खेलाडी ऐरी मिना, फाल्काओ र पाँच गोल मध्ये तीन गोलको लागि योगदान गरेका जुवान कुईटिन्हो यसैगरी जेम्स रोड्रिगुएज भर पर्दा खेलाडी हुन् । तर कोलम्बियाका लागि बलियो प्रतिद्धन्द्धी इंग्ल्याण्ड तगारो बन्न सक्ने पनि देखिएको छ ।

इंग्ल्याण्ड धरै समय पछि जारी विश्वकपमा निकै लयमा देखिएको टिम हो । प्रायः इंग्लिस क्लवका खेलाडीहरुले भरिएको टोलीमा खेलाडीको मिश्रण निकै मिलेको छ ।

समुह चरणको पहिलो खेलमा ट्युनिसियालाई दुई एकले हराउँदा पानामा विरुद्ध ६–१ को फराकिलो गोल बनाएको इंग्ल्याण्ड बेल्जियमसग भने एक शुन्यले पराजित भएको थियो र ६ अंक सहित समुह जी को उपविजेता बनेको हो । ह्यारी केनको कप्तानी रहेको ईल्याण्ड टोलीले जारी विश्वकपममा निकै राम्रो प्रदर्शन गरिरहेको छ ।

ह्यारी जारी विश्वकपमा सवैभन्दा धेरै गोल गरेका छन् । उनले तीन खेलमा पाँच गोल गरेका छन् । त्यसैगरी जेसे लिङगाड, जेमी भर्डी, रहिम स्र्टलिङ, ढेलेअलीलयागत बलिया खेलाडीहरु छन् । अहिलेसम्म यी दुईको भेट पाँच पटक भएको छ । जुन खेलमा इंग्ल्याण्ड अपराजित रहेको छ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *