उच्च अदालतमा आर्थिक चलखेलको आरोप मा तीन न्यायाधीशको काज सरूवा

समाचार
शेयर गर्नु होला

 

राजविराज — न्याय परिषद्‍ले उच्च अदालत जनकपुरको राजविराजमा कार्यरत तीनजना न्यायाधीशको काज सरुवा गरेको छ । न्यायाधीशहरूले आदेश र फैसला गर्दा आर्थिक चलखेल गरेको आरोप लगाउँदै बार एशोसिएसनले आन्दोलन चर्काएपछि काज सरुवा गरी उनीहरूमाथि छानबिन समेत सुरु गरिएको न्याय परिषद्ले जनाएको छ ।

कार्कीलाई उच्च अदालत जनकपुर, सिद्धिकीलाई सर्वोच्चमा हाजिर हुने गरी काज र अन्सारीलाई उच्च अदालत दिपायल काज सरुवा गरिएको रजिष्टार भट्टराईले जनाए ।

काज सरुवा गरिएका न्यायाधीश अन्सारीले गत फागुन ३ गते बलात्कारसम्बन्धी मुद्दामा विवादित आदेश गरेको, भारतीयलाई नेपाली नागरिकता किर्ते गरी लिँदै गर्दा पक्राउ गरिएकोमा उनीहरूलाई धरौटीमा छोडी भारत भाग्न सघाउ पुर्‍याएको र अंशसम्बन्धी मुद्दामा राय किताबका विपरीत फैसलामा उल्लेख गरेको आरोप लागेको छ ।

यसैगरी न्यायाधीश मोहनबहादुर कार्की र नसरूल्लाह अन्सारीले १२ सय एम्पुल लागूऔषध फोर्टबिन प्रकाउ प्रकरणसम्बन्धी मुद्दामा कानुनविपरीत फैसला गरेका थिए । लागूऔषधलाई औषधिका रूपमा व्याख्या गर्दै राजपत्रमा प्रकाशित नै नभएको सूचनालाई आधार मानी कार्की र अन्सारीले सिरहा जिल्ला अदालतको फैसलालाई सदर गर्दा उनीहरूमाथि प्रश्न उठेको थियो । उक्त प्रकरणमा मोटो रकमको चलखेल भएको आरोप लाग्दै आएको छ ।

नेपाल बार एशोसिएसनको उच्च अदालत राजविराज इजलास एकाईका अध्यक्ष विजयकुमार यादवले काज सरुवा गरिएका सबै न्यायाधीशमाथि छानबिन गरी कारबाहीको दायरामा ल्याउनुपर्ने, बाँकी रहेका चार जना न्यायाधीशको पनि अन्यत्र सरुवा गरी उनीहरूमाथि छानबिन हुनुपर्ने माग गरे ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *