ओरालो लाग्दै आएको सेयर बजारमा नेप्से झिनो अंकले सुधारियो

अर्थ
शेयर गर्नु होला

 

लगातार ओरालो लाग्दै आएको सेयर बजार परिसूचक नेप्से मंगलबार भने झिनो अंकले सुधारिएको छ । बैंकिङ्ग सहित अन्य चार उप समूहमा अाएपश्चात नेप्से इन्डेक्स हरियो बनेको हो ।

बजार मापक सूचक नेप्से ०।६५ अंकले बढेर ११८०।३६ अंकमा अडिएको छ । मंगलबार ९ लाख १५ हजार १३६ कित्ता सेयर २१ करोड ८१ लाख ९८ हजार रुपैयाँमा कारोबार भएको छ । कारोबार रकम एक करोड ३६ लाखले सुधार आएको छ । कारोबारमा आएका नौ उप समूहमध्ये सबै भन्दा धेरै उत्पादन समुहको सूचक १५।४४ अकंले बढेको छ । होटल समूहको सुचक ६।५३ अंकले बढ्दा बैंकिङ्ग, फाइनान्स र अन्य समूहका सूचकमा सामान्य बृद्धि भएको छ ।

यसैगरी, बीमा समूहको सबैभन्दा धेरै २८।६७ अंकले घटेको छ । हाइड्रोपावर १६।४७ अंक, माइक्रोफाइनान्स ९।५४ अंक, विकास बैंक ०।१६ अंकले गिरावट आएको छ । सेयर लगानीकर्ताको सम्पत्ति नाप्ने समग्र बजार पूँजीकरण मंगलबार १३ खर्ब ९६ अर्बमा समेटिएको छ ।

लक्ष्मी बैंक र रिडी हाईड्रोपावरका सेयरधनीले सबैभन्दा धेरै चार प्रतिशतले कमाउँदा जेविल्स् फाइनान्स, नेशनल माईक्रोफाइनान्स, जलविद्युत विकास कम्पनी र बैंक अफ काठमाण्डूको सेयरमूल्य पनि सामान्य बढेका छन् । उता रैराङ हाईड्रोपावरको सेयरमूल्य १० प्रतिशतले घटेको छ ।

हाथवे फाइनान्सको सेयरधनीले ६ प्रतिशत तथा उन्नति माईक्रोफाइनान्स, अरुण भ्याली हाईड्रोपावर, स्पतकोशी डेभलपमेन्ट बैंक, मेरो माईक्रोफाइनान्स कामना सेवा विकास बैंकको सेयरमूलय पनि ४ प्रतिशत बढीले ओरालो लागेको छ । मंगलबार सिद्धार्थ बैंकको संस्थापक सेयर सबैभन्दा धेरै एक लाख १८ हजार ९३४ कित्ता सेयर दुई करोड ३१ लाख रुपैयाँ बराबरमा खरिद विक्री भएको छ ।

 

प्राईम कमर्सियल बैंकको पनि एक करोड १५ लाखको सेयर कारोबार भयो । अन्य कुनै पनि कम्पनीको कारोबार करोड नाघेको छैन । नेशनल लाईफ, एभरेष्ट बैंक, इन्भेष्टमेन्ट बैंक, कुमारी बैंक, नेपाल टेलिकम, एशियन लाईफ, नबिल बैंक र फस्ट माईक्रोफाइनान्स शिर्ष १० कारोबार गर्ने कम्पनीमा समेटिएका छन् ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *