विश्वकप 2018: क्वाटरफाइनलमा कुन टिमको भिडन्त कोसँग र कहिले ?

खेलकुद
शेयर गर्नु होला

 

मस्को । रुसमा जारी फिफा विश्वकपको २१ औं संस्मरण अन्तरगत मंगलबार रातिको खेलपछि प्रिक्वाटरफाइलनका खेल सकिएका छन् । अब क्वाटरफाइलनका खेलका लागि आठ वटा टोली छनोट भएका छन् । विश्वकपमा सहभागी ३२ राष्ट्र मध्ये समूह चरणबाटै १६ र अन्तिम १६ बाट ८ गरी २४ टोली प्रतियोगिताबाट बाहिरीसकेकेका छन् ।

आयोजक रुससहित, उरुग्वे, फ्रान्स, क्रोएसिया, ब्राजिल, बेल्जियम, इङ्ल्याण्ड र स्वीडेन प्रतिस्पर्धामा रहेको छन् । अब क्टाटरफाइलनका खेल आगामी शुक्रबार २ वटा र शनिबार २ वटा हुनेछन् ।

 

क्वाटरफाइलनमा कसको प्रतिस्पर्धी को ?

जुलाई ६ (शुक्रबार) १।ुरुग्वे–फ्रान्स

२।ब्राजिल–बेल्जियम जुलाई७ (शनिबार)

३।स्वीडेन–इङ्ल्याण्ड

४।रुस–क्रोएसिया

कुन टिम कसरी पुगे अन्तिम ८ मा ?

आयोजक रुसले स्पेनलाई निराश टाइबे्रकरमा ४ – ३ गोल अन्तरले हराउदैँ क्वाटरफाइनलको यात्रा तय गरेको छ थियो । निर्धारित र अतिरिक्त समयको खेल १र१ को बराबरीमा टुंगिए पछि खेल निर्णयार्थ टाइबे्रकरमा पुगेको थियो ।

क्रोएसियाले डेनमार्कलाई पनि टाइबे्रकरमा ३-२ ले गोल अन्तरले हराउदैँ क्रोएसिया अन्तिम ८ मा पुगेको थियो । निर्धािरत र अतिरिक्त समयमा १-१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टीसम्म पुगेको थियो ।

ब्राजिल र मेक्सीकोलाई २-० गोल अन्तरले हराउदैँ क्वटरफाइनलमा पुगेको हो । ब्राजिलका लागि मा नेमारले ५१ औँ मिनेटमा एक उत्कृष्ट गोल गरेका थिए । अर्को गोल पनि नेइमारको पासमा रोबर्टो फर्मिनोले ८८ औँ मिनेटमा गरेका थिए ।

बेल्जियमले जापानलाई ३-२ गोल अन्तरले हारौदैँ अन्तिम आठको यात्रा तय गरेको हो । प्रि-क्वाटरफाइनलमा पुगेको एक मात्र एसियाली टोली जापान मात्र पुगेको थियो । एसियाको अन्तिम आशा जापानमा थियो तर बेल्जियमसँग पराजित भएर घर फर्कनु पर्‍यो ।

प्रि -क्वाटरफाइनलमा स्वीट्जरल्याण्डलाई पराजित गर्दै स्वेडन अन्तिम ८ मा प्रवेश गरेको हो । सेन्ट पिटर्सवर्ग रंगशालामा भएको खेलमा पहिलो हाफ बराबरी खेलेका थिए । खेलको ६६ औं मिनेटमा स्वेडनका फोर्सबर्गले प्रहार गरेको बल स्वीट्जरल्याण्डका खेलाडीको खुट्टामा छुँदै गोल भएपछि स्वेडनले १-० गोलको अन्तरको जित निकाल्दैँ स्वेडन अन्तिम ८ मा पुगेको हो ।

मंगलबार राती सम्पन्न खेलमा इंग्ल्यान्डले टाइब्रेकरमा कोलम्बियालाई ४–३ ले पराजित गर्दै इंग्ल्यान्ड अन्तिम आठमा पुगेको हो । निर्धारित समय र अतिरिक्ति समयमा कोलम्बिया र इंग्ल्यान्डबीच १–१ को बराबरी भएपछि खेल टाइब्रेकरमा गएकोे थियो ।

रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगललाई २-१ गोल अन्तरले हारौदैँ उरुग्वे क्वटरफाइनलमा पुगेको थियो भने, मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनालाई ४-३ गोल अन्तरले हराउदैँ फ्रान्सले अन्तिम ८ को यात्रा तया गरेको थियो । इतिहासमै पहिलोपटक नकाऔट चरणबाट बाहिरिएको अर्जेन्टिना यसाघि १९६२ र २००२ मा समूह चरणबाटै बाहिरिएको थियो ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *