चर्चा गोल्डेन बुटको : को हुन् रुस विश्वकपका उच्च गोलकर्ता ? कसले पाउला गोल्डेन बुट ?

Uncategorized
शेयर गर्नु होला

 

काठमाडौं । विश्वकपमा क्वाटरफाइनल प्रवेश गर्ने ८ टिमको टुंगो लागेसँगै गोल्डेन बुटको चर्चा हुन थालेकाे छ ।जारी विश्वकपमा इंग्ल्याण्डका कप्तान ह्यारी केन अगाडि देखिएका छन् । केन ले गरेकाे गाेल संख्या ६ छ ।

पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले पनि ४ गोल नै गरेका छन् । पोर्चुगल प्रतियोगिताबाट बाहिरिसकेकाले उनको कुनै चुनौती छैन । त्यस्तै ३ गोल गरेका उरुग्वेका एडिन्सन काभानी, रुसका डेनिस चेरिसेभ र आर्टेम डिजुबा, फ्रान्सका किलियन एमबाप्पेको पनि सम्भावना अझै सकिएको छैन ।

 

कोलम्बियासँगको खेलमा ५७ औं मिनेटमा प्राप्त पेनाल्टीलाई गोलमा परिणत गरेका उनले आफ्नो गोलसंख्या ६ पुर्याए । गोल्डेन बुटको दौडमा उनलाई बेल्जियमका रोमेलु लुकाकुले पछ्याइरहेका छन् । उनको गोल संख्या ४ छ ।

 

यी हुन रुस विश्वकपका उच्च गोलकर्ता

१। ह्यारी केन, इंग्ल्याण्डः ६ गोल

२। क्रिस्टियानो रोनाल्डो, पोर्चुगलः ४ गोल

३। रोमेलु लुकाकु, बेल्जियमः ४ गोल

४। एडिन्सन काभानी, उरुग्वेः ३ गोल

५। डेनिस चेरिसेभ, रुसः ३ गोल

६। डिएगो कोस्टा, स्पेनः ३ गोल

७। आर्टेम डिजुबा, रुसः ३ गोल

८। किलियन एमबाप्पे, फ्रान्सः ३ गोल

९। यारी मिना, कोलम्बियाः ३ गोल


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *