कोशीको बहाव बढे पछि बासिन्दा त्रसित ,प्रशासनद्वारा नाअत्तिन आग्रह

समाचार
शेयर गर्नु होला

 

सुनसरी — पूर्वमा लगातार वर्षा भएसँगै सप्तकोशी नदीको बहावमा घटी–बढी हुने क्रम जारी छ ।घटी–बढी हुने क्रम जारी   भएपछि पूर्वीतटका बासिन्दा त्रसित हुँदै आएका छन् ।

बुधबार बिहान आठ बजे कोशी ब्यारेज कन्ट्रोलले मापन गरे अनुसार सप्तकोशी नदीमा पानीको बहाव १ लाख ३२ हजार ५ सय ६० क्युसेक प्रतिसेकेण्ड रहेको छ ।

सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले कोशीका सबै तटबन्ध सुरक्षित रहेकाले आत्तिनु पर्ने अवस्था नरहेको बताएका छन् । सुनसरीको बराहक्षेत्र नगरपालिकास्थित राजाबास क्षेत्रका ४ वटा स्परमा नदी ठोकिन थालेपछि पूर्वीतटका बासिन्दा त्रसित हुँदै आएका छन् ।

मौसम विभागले जलस्तर बढ्न सक्ने भन्दै नदी किनारमा रहेकाहरुलाई सर्तक रहन अपिल गरेको भएपनि नदीमा पानीको सतह स्थिर रहेको र नियमित अनुगमन समेत जारी रहेकाले कोशी नदीमा कुनै खतरा नरहेको भण्डारीले स्पष्ट पारेका छन् ।

अहिले ब्यारेजका ५६ ढोका मध्ये २२ वटा ढोका खोलिएका छन् । हिजो साँझ १ लाख ४१ हजार ७ सय ५५ क्युसेक प्रतिसेकेण्ड रहेको थियो । गए राति भने १ लाख ३५ हजार ९ सय ३० क्युसेक प्रतिसेकेण्ड थियो । सुनसरी प्रशासनले सप्तकोशी नदीमा हालसम्म कुनै खतरा भने नरहेको जनाएको छ ।

सुनसरी प्रशासनले सप्तकोशी नदीको वहावको विषयमा हुने अफवाहको पछी नलाग्न सर्वसाधारणमा आग्रह समेत गरेको छ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *